३ मन्त्रीले बुझाए राजीनामा
२२ माघ, काठमाडौं ।

नागरिकता र पासपोर्ट दुरुपयोग लगायत विवादमा फसेर पदमुक्त भएका निवर्तमान उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने नेतृत्वकोराष्ट्रिय स्वतन्त्र पार्टी (रस्वपा) सरकारबाट बाहिरिएको छ ।
रास्वपा सभापति लामिछानेलाई पुन: उपप्रधान सहित गृहमन्त्री नियुक्त गर्नुपर्ने माग राखेर पटक पटक अल्टिमेटम दिँदा पनि प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड‘ ले बेवास्ता गरेको भन्दै रास्वपा सरकार छाडेको हो ।
पार्टी सरकारबाट बाहिरिने भन्दै आइतबार दिउँसो निर्णय भएको थियो ।
अपरान्ह रास्वपाबाट मन्त्री मण्डलमा सहभागी रहेका
रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथाजनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा पत्र बुझाएका हुन ।
नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता र पासपोर्ट लिएका लामिछानेले विदेशी नागरिकको हैसियत कायमै रहेको समयमानेपाली गृह प्रशासनलाई झुक्याएर पुन: नेपाली राहदानी लिन सफल भएका थिए ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ मा चितवन क्षेत्र नम्बर २ बाट प्रत्यासी भैसकेपछि लमिछानेविरुद्धनागरिकता विषयमा मुद्दा दायर भएको थियो ।
गएको माघ १३ गते उनीविरुद्धको सो मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज हुने फैसला गरेको थियो । लगत्तै लामिछानेलेउपप्रधान एवम गृह मन्त्रीबाट राजीनामा दिएका थिए ।
कानूनी प्रकृया पूरा गरेर नेपाली नागरिकता यथावत कायम भएपछि उनी पुन: उपप्रधान र गृहमन्त्री नै बन्ने प्रयासमा थिए ।
तर, आफ्नो माग पूरा नहुने भएपछि लामिछाने नेतृत्वको रास्वपा दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको हो ।

