
२६ माघ,काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ ।
बिहीबार घरेलु टिम बंगलादेशसँग ३-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित हुन बाध्य भयो ।
बंगलादेशको कमल मुस्तफा रंगशालामा बिहीबार सम्पन्न फाइनलमा जित दिलाउन घरेलु टिमका सहिदा अख्तर रिपा, कप्तान सामसुनहर र मह्फुजा खातुनले गोल गरे ।
खेलको ४२औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरीमा कप्तान सुनहरले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए ।
यस्तै खेल सकिन तीन मिनेट बाँकी छदा बंगलादेशले तेस्रो गोल गर्यो । फ्रिकिक बलमा उन्नोती खातुनले तेस्रो गोल गर्न सफल भएका थिए ।
घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले भने उत्कृष्ट लय कायम राख्दै तेस्रो पटक च्याम्पियन बनेको हो । बंगलादेशले यसअघि २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

