२९ माघ,मेचीनगर । बाहुण्डागीँ जेसीजको अध्यक्षमा केवल निरौला सर्वसम्मत रुपमा चयन हुनुभएको छ । जेसीज को १२ औँ वार्षिक साधारण सभाले बर्ष २०२३ का लागि निरौलालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
निरौलाको नेतृत्वमा चयन कार्यसमितिको कार्यकारिणी उपाध्यक्ष पदमा सामुल राय र सुस्मिता खतिवडा चयन हुनुभएको छ भने उपाध्यक्ष पदमा केदार सुनुवार, सागर भारती, बिदात गिरी र चित्र बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको जनाइएको छ ।
महासचिव, कोषाध्यक्ष लगायतका पद भने नवनिर्वाचित अध्यक्षले मनोनित गर्नुहुनेछ ।

