१ फागुन, दमक ।

जनयुद्ध सुरु भएको २०५२ फागुन १ गतेको सम्झनामा सरकारले आज सोमबारसार्वजनिक बिदा घोषणा गरेको छ ।
आइतबार बिहान बसेको मन्त्री परिषद बैठकले जनयुद्ध दिवसका रूपमा आजफागुन १ गते सार्वजनिक बिदा घोषणा गरेको हो ।
प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को नेतृत्वमा २८ वर्ष अघि पश्चिम नेपालको रुकुम रोल्पाजिल्लाबाट तत्कालीन नेकपा माओवादीले भूमिगत सशस्त्र विद्रोह सुरु गर्दैत्यसलाई ‘जनयुद्ध‘ नाम दिएको थियो ।
माओवादीको जनयुद्ध नेपालमा ७ राजनीतिक दलको आह्वानमा २०६२ चैत २८बाट २०६२/६३ को जन आन्दोलन सुरु भएसँगै एकतर्फी युद्ध विराममा परिणतभएको थियो ।
सो अघि ६२ मंसिरमा भारतको दिल्लीमा ७ राजनीतिक दलका तर्फबाट स्वर्गीयगिरिजा प्रसाद कोइरालाले नेतृत्व गर्दै र भूमिगत माओवादीको तर्फबाट प्रचण्डले१२ बुँदे समझदारी गरेका थिए ।
यद्धपि सरकारमै सहभागी राप्रपाका अध्यक्ष र उपप्रधान एवम उर्जा मन्त्री राजेन्द्रलिन्देनसहित ३ मन्त्री र १ राज्य मन्त्रीले भने जनयुद्ध दिवसमा बिदा दिने प्रस्तावमाविमति रख्दै आइतबारको मन्त्री परिषद बैठक बहिस्कार गरेका थिए ।
गत पुष २७ गते भने राप्रपाको जोडबलमा पृथ्वी नारायण शाहको जन्म जनतीमासार्वजनिक बिदा घोषणा गरिएको थियो ।

