मनकुमार गदाल
८ फागुन, दमक ।
वैज्ञानिक पद्धतिबाट लाहा खेती गर्ने एक नेपाली सहित ८ जना भारतीय किसान सम्मानित भएका छन ।
व्यवसायिक लाहा खेती गर्ने किसानहरुलाई भारतको झारखण्ड सरकारको कृषि अनुसन्धान परिषदले सम्मान गरेको हो ।
राची जिल्लाको नामकुनमा अयोजित कृषि प्रदर्शनीमा झारखण्डका कृषि तथा पशुपालक मन्त्री विकासले विश्वकर्मा सहितकामध्यप्रदेश,युपी ,झारखण्ड र महाराष्ट्रका भारतीय लाहा किसानलाई सम्मान गरेका हुन ।
भारतमा सिकेको लाहा खेती तालिमपछि नेपालको झापा, धनुकटा ,भोजपुर ,धनकुटा र तेह्रथुम लगायतका जिल्लामा विश्वकर्मालेलाहा खेती गर्न प्रोत्साहन गर्दै आएका छन ।
झापाका विश्वकर्मा र भारतको महाराष्ट्रका किसान सुधाकर खन्नाल्कर लगायतका ८ जना सम्मानित भएका निर्मल चप्रा उधोगगौरादहका सञ्चालक रोहित सुनचेउरीले जानकारी दिए ।
विश्वकर्माले झारखण्डमा सिकेको लाहा खेती सम्बन्धि सीप पूर्वी नेपालका झापा,धनकुटा आदि जिल्लाहरुमा प्रवर्द्धन गर्न सहयोगगरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
गौरादह नगरपालिकाको कार्यपालिका सदस्य र नेपाल उत्पीडित जातीय मुक्ति समाज गौरादहका अध्यक्ष समेत रहेका विश्वकर्मा रसुनचेउरीले परम्परागत रूपमा खुकुरीको बिँड ठोकदा मात्र प्रयोग हुने लाहाको व्यवसायिक खेती गरेर चुरा आदि सौन्दर्य सामाग्रीबनाउदै आएका छन ।


