१० फागुन, दमक ।

जङ्गली हात्तीको अक्रमणबाट एक जना भूटानी शरणार्थी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक ३ स्थित भूटानी शरणार्थी शिविर बेलडाँगी
सेक्टर नं २ सी वान छाप्रो नं २१ मा बस्दै आएकी ४७ वर्षीया काउमाया राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिप्रका झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले दिएको जानकारी अनुसार मंगलबार दिउँसो दमक ३ स्थित हम्सेदुम्से सामुदायिकवनमा घाँस काट्न गएकी काउमायालाई जंगलमा हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ ।

