२५ असार, दमक ।
मेडिकल व्यवसयी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्टृयता, धर्म , संस्कृति र नागरिकबचाउ महाअभियानले दमक नगरपालिकाले बैंक र सहकारीका रिणीले ब्याज रकिस्ता तिर्न भनी जारी गरेको सूचना तत्काल फिर्ता लिन माग गरेको छ ।
सोमबार झापाको दमकमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो माग गरेको हो।
महाअभियानका दमक नगर अध्यक्ष रामकुमार उपाध्याय नेपालले दमकनगरपालिका र शिवसताक्षी नगरपालिकालगायतले सूचना जारी गरेर पीडितरिणी र व्यवसायीहरुमाथि अनावश्यक दवाव सिर्जना गर्न खोजेको भन्दै सोकदमको प्रतिवाद गरिने बताएका हुन् । ‘आर्थिक मन्दीले थलिएकाव्यवसायीहरुलाई थप दवाव दिने कार्य तत्काल नरोकिए हामी कडा आन्दोलनमाउत्रनुको विकल्प छैन‘, नेपालले भने ।
सूचना फिर्ता लिने बारे महाअभियानले असार १७ गते दमक नगरपालिकामाज्ञापन पत्र बुझाइएको बिक्रम ताजपुरियाले बताए ।
तर, दमक नगरपालिकाले भने सूचना बारे थप कुनै सूचना जारी गरेको छैन ।
दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईलेमहाअभियानको ज्ञापन पत्र बारे आफूलाई जानकारी नभएको बताए । ‘हामीलेनगर प्रमुखज्यूकै निर्देशनमा सूचना जारी गरेका हौं । ज्ञापन पत्र उहाँलाईबुझाएको हुन सक्छ । त्यो बारे मलाई थाहा भएन ।‘ महाअभियान अन्तरगत शिवसताक्षी नगरपालिकाकी अध्यक्ष मञ्जु ताजपुरियाले समेत विज्ञप्ति जारी गरेररिण तिर्न गरिएको आग्रहको विरोध गरेका हुन् ।
उनीहरुले खाएको रिण तिर्ने तर त्यसको निम्ति राज्यले निश्चित समय उपलव्धगराउनु पर्ने माग गरेका छन् । नेपाले भने -‘आर्थिक मन्दी हट्नु पर्यो । हामीलेव्यापारबाट कमाउन पाउनु पर्यो । अनि पो तिर्न सकिन्छ । नतिर्ने भनेकै होइन । तर, त्यति समय त राज्यले जिम्मेवारी लिइदिनु पर्यो नि ।‘


