
सजन राई १३ साउन,दमक । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिको छैठौँ वार्षिकोत्सव वृक्षरोपण गरी मनाइएको छ । कम्पनिको प्रदेश-१ भरिका शाखाहरुबाट धरानको भेडेटार आसपास जलाधार क्षेत्रमा वृक्षरोपण गरी वार्षिकोत्सव मनाइएको हो ।
वृक्षरोपण कार्यक्रममा कम्पनिको तर्फबाट दमक शाखाको सक्रियतामा १ हजार वटा विभिन्न प्रकारका फलफूल लगायतको विरुवाहरु रोपिएको दमक शाखाकि चिफ एजेन्सि मेनेजर मनु साङपाङ राईले जानकारी दिइन्।
कम्पनिले अगाडीका वार्षिकोत्सवमा पनि बिभिन्न ठाँउमा वृक्षरोपण, रक्तदान, सरसफाइ जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दै आएको थियो । यो पटक भने फरक तरिकाले र सबैलाई समेटिने गरी धरानका मेयर हर्क साङपाङको अभियानमा साथ दिन धरान गएर वृक्षरोपण गरिएको कम्पनिका प्रदेश-१ उप-प्रमुख ओम कुमार राईले बताए ।
आर्थिक बर्षको पहिलो शनिवार भएकाले अन्य शाखाको विभिन्न कार्यक्रमले असर पुर्याए पनि कम्पनिको तर्फबाट २ सय जनाको सहभागिता रहेको कम्पनिका प्रदेश-१ प्रमुख मिलन दाहालले जानकारी दिए ।
कम्पनिको वार्षिक उत्सवको अवसरमा मेयर हर्क साङपाङले शुभकामना दिदै श्रमदान तथा वृक्षरोपण अभियानलाई सफल बनाउन विभिन्न शाखाबाट सहभागी सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै आभार प्रकट गरे ।

कार्यक्रममा दमक शाखाको तर्फबाट शाखा प्रमुख ङिमा शेर्पा, शाखा अन्डरराइटर अस्मिता आपागाई सहित एजेन्सि मेनेजरहरु सबिना पौडेल, दिपा सम्बाहाम्फे, रेखा राई, पुनम सुब्बा,शान्ता लिम्बु, सम्झना राई, दुर्गा सुन्दास, शान्ता खनाल, संगिता आङ्थुपो, प्रदिका चेम्जोङ, विनु कार्कि,क्रिष्टिना खड्का, शुरेस राई, रेश्मा नेम्बाङ, अर्गेन राई, विधा राई, सिता मादेन, सजन राई लगायतको सहभागिता रहेको थियो ।
त्यसै गरी पथरि शाखाबाट शाखा प्रमुख चन्द्र कुमार राई सहित एजेन्सि मेनेजरहरु अवतार राई, चन्द्र प्रसाद लिम्बु, सलिना योन्जन, निर्मला बस्नेत, श्रुति देवी राई, जुनु तामाङ, रमिला पोखरेल, रोजिना गुरुङ, सम्झना राई लगायतको सहभागीता थियो । त्यस्तै भद्रपुर, विर्तामोड, इटहरि, धरान, तरहरा, झुम्का सहितको शाखाहरुबाट सहभागिता रहेको थियो ।

