adv

आइएमइको वित्तीय चेतनामुलक तालिम सम्पन्न

सजन राई

२८ साउन,दमक । आइएमई लाईफ इन्स्योरेन्स कम्पनिको छैटौँ वार्षिकोत्सवको अवसरमा युवा सशक्तिकरणका लागि वित्तीय जनचेतना मुलक तालिम सम्पन्न भएको छ । केन्द्रीय कार्यलय लैनचोर काठमाडौंको आयोजनामा  देशव्यापि रुपमा सबै शाखाहरुले तालिम सञ्चालन गरेको हो ।

शनिवार झापाको दमक शाखाले पनि कार्यलयको सभाहलमा तालिम सञ्चालन गरेको छ । प्रमुख अतिथि नव उपाध्यायको सहजीकरण रहेको तालिममा दमक शाखाका पूर्व प्रमुख देवेन्द्र कोइरालाले बिमा इतिहासको बारेमा प्रष्ट पारेका थिए ।

आइएम लाईफ इन्स्योरेन्स कम्पनिका नेपाल टप व्यवसाय गर्न सफल एड्भाइजर नव उपाध्यायको उपस्थितिले आजको तालिम उत्कृष्ट भएको तालिममा सहभागी खड्ग थापाले जिकिर गरे ।

आजको तालिम विशेष गरी बिमा क्षेत्र भन्दा बाहिर रहेकाहरु जस्ले आर्थिक रुपमा अन्य व्यक्तिको भर पर्छ उनिहरुको निम्ति सहयोग पुग्ने भएकोले उपलब्धि मुलक रहेको दमक शाखा प्रमुख ङिमा शेर्पाले जानकारी दिए । उनका अनुसार तालिमको मुख्य उद्देश्य कू-सँस्कृति हटाई सबैलाई स्वरोजगार बनाउनु हो ।

त्यस्तै तालिममा चिफ एजेन्सि मेनेजर मनु साङपाङ, सिनियर एजेन्सि मेनेजर रुपा सेलिङ लगायतको उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन दमक शाखा प्रमुख ङिमा शेर्पाले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु