सजन राई

२ भदौ, दमक । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले देशै भरि विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ ।
शुक्रवार दमक शाखाले पनि स्थापना दिवसको अवसरमा शाखाको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम को आयोजना गरी स्थापना दिवस मनाएको हो।
स्थापना दिवसका अवसरमा १ गते जन्मदिन परेका त्रियुगा नगरपालिका १० उदयपुरकी सम्झना तामाङले आफ्नो ३०औं जन्मदिनको अवसरमा आफ्नी ८ महिनाकी छोरी सविज्ञा तामाङको लागि १५ लाख बिमाङ्क रकम रहेको २० वर्ष अवधिको वाल किरण बिमा पोलिसी काटेकी थिइन् ।

उनले जन्मदिनलाई विशेष र सम्झन योग्य बनाउन साथै छोरीको सुरक्षित भविष्यको निम्ति बिमा गरेको वताउंदै उनी भन्छिन् “प्रत्येक जन्मदिन सँगै प्रत्येक वर्षको प्रिमियम जम्मा गर्न नबिर्सने भएकोले पनि यो अवसरमा बिमा गर्नु प्रभावकारी हुने रहेछ । “
त्यस्तै कार्यक्रममा दमक १ का विनिता माङलाङले श्रीमान् खगेन्द्रको जन्मदिनमा पनि बिमा पोलिसि उपहार दिइन् ।

सिनियर एजेन्सि मेनेजर रुपा सेलिङले सञ्चालन गरेको कार्यक्रममा स्थापना दिवसको दिन पोलिसि काट्ने लिडर्सहरु मनु साङपाङ, सबिना पौडेल, विनु कार्की, कृष्टिना खड्का लगायतलाई विभिन्न उपहार सहित सम्मान गरिएको थियो ।
दमक शाखाका अण्डरराइटर अस्मिता आपगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिफ एजेन्सि मेनेजर मनु साङपाङ, एमडिआरटि तथा एजेन्सि मेनेजर सम्झना राई, एजेन्सि मेनेजरहरु खड्ग थापा, दिलिप जबेगु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

