adv

प्रथम योङ्ग ब्योइज खुल्ला नकआउट प्रतियोगितामा एसइडि एफसि र पेल्टिमारि एफसिको विजयी सुरूवात

२६ भदौ,चुलाचुली। इलामको चुलाचुली-५ पेल्टिमारिमा जारी प्रथम योङ ब्वाइज खुल्ला नकआउट प्रतियोगिताको पहिलो खेलमा एसइडि एफसि ले शुन्यका विरुध्द ४ गोल अन्तरले सिङफेरे एफसि माथि सहज जित हात पारेको छ ।

सोमवार देखी सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा पेनाल्टि सुट आउटमा ४-२ गोल अन्तरले पेल्टिमारि एफसिले रोयल स्पोर्टिङ क्लब दमकलाई स्तब्ध बनायो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १-१ गोल भए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

आज प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल सिध्दार्थ एफसि र दिवान चोक युवा क्लब बिच र दोस्रो खेल स्टार इलाम पिडिओ सँग आइतवारे एफसि बीच हुनेछ ।

प्रतियोगिता असोज २ गते सम्म रहने छ । प्रतियोगिताको विजेताले नगद रू ३० हजार पाउने छन् भने उपविजेताले २० हजार पाउने छन् । साथै विधागत पुरस्कार पनि रहेको आयोजक कमिटिले जानकारी दिए ।

योङ ब्योइज फूटबल क्लब पेल्टिमारि इलाम द्वारा आयोजित प्रतियोगितालाई कलेक्सन फुटबल क्लब , दोहा कतार र युनाइटेड युथ फुटबल क्लब, दोहा कतारको सहयोग रहेको छ ।

प्रतियोगिताको प्राविधिक सहयोगमा व्हाइट पेपर डिजिटल सोलुसन दमक रहेको छ भने मिडिया पार्टनरमा हरप्रहर मिडिया प्रा. लि. द्वारा सञ्चालित हरप्रहर निउज डट कम रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु