adv

प्रथम योङ ब्वाइज खुल्ला नकआउट प्रतियोगिता- दिवान चोक युवा क्लब र स्टार इलामको जित

सजन राई । 

२७ भदौ,चुलाचुली । इलामको चुलाचुली-५ पेल्टिमारिमा जारी प्रथम योङ ब्वाइज खुल्ला नकआउट प्रतियोगिताको मंगलवार भएको दोस्रो दिनको पहिलो खेलमा दिवान चोक युवा क्लबले शुन्यका विरुद्द ३ गोल गर्दै सिद्धार्थ एफसि माथि सहज जित निकालेको छ ।

त्यस्तै दोस्रो खेलमा पेनाल्टि सुट आउटमा ५-४ गोल अन्तरले स्टार इलाम पिडिओले आइतबारे एफसिलाई स्तब्ध बनायो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

आज प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल एकलब्बे एफसि र सुसेलि एफसि बिच हुनेछ भने दोस्रो खेल युनाइटेड सिम्ले एफसि सँग योङ ब्वाइज एफसिबीच हुनेछ ।

प्रतियोगिता असोज २ गते सम्म रहने छ । प्रतियोगिताको विजेताले नगद रू ३० हजार पाउने छन् भने उपविजेताले २० हजार पाउने छन् । साथै विधागत पुरस्कार पनि रहेको आयोजक कमिटिले जानकारी दिए ।

योङ ब्योइज फूटबल क्लब पेल्टिमारि इलाम द्वारा आयोजित प्रतियोगितालाई कलेक्सन फुटबल क्लब , दोहा कतार र युनाइटेड युथ फुटबल क्लब, दोहा कतारको सहयोग रहेको छ ।

प्रतियोगिताको प्राविधिक सहयोगमा व्हाइट पेपर डिजिटल सोलुसन दमक रहेको छ भने मिडिया पार्टनरमा हरप्रहर मिडिया प्रा. लि. द्वारा सञ्चालित हरप्रहर निउज डट कम रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु