
२९ भदौ,दमक । झापाको दमक-२ स्थित रमाइलो टोल विकास संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ ।बिहिवार संस्थाका अध्यक्ष विकास थापा मगरको अध्यक्षतामा सभा सञ्चालन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति वडा नम्बर २ का निर्वाचित सदस्य ललित बहादुर बिकले टोलमा रहेको विधमान समस्याहरुलाई चाडो पहल गरि हल गर्ने प्रतिबध्दता जाहेर गरे । उनका अनुसार खानेपानि लगायत बाटो, ढल, बिजुली लगायतको समस्याहरु टोलमा रहेका छन । अब चाडै यस्ता समस्याहरुको हल गर्न पहल सुरु गर्नेछौ ।
सुरुमा २५ सदस्य समिति गठन गरेको संस्थाले पहिलो साधारण सभा बाट ३२ सदस्य समिति पुर्याएको संस्थाका अध्यक्ष मगरले जानकारी दिए ।
कार्यक्रममी अतिथि टोलका जेष्ठ नागरिक दिपक कुमार माङपाहाङ लगायतले कार्यक्रममा बोलेका थिए ।
टोलका सदस्य मनु साङ्पाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव तादा राम अधिकारिले गरेका थिए ।

