सजन राई

३ असोज, दमक । झापाको बाह्रदशीमा प्रथम नवज्योति ओपन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बाह्रदशी ६ मा रहेको बाह्रदशी किरात रंगशालामा हुने प्रतियोगिता यहि असोज ६ देखी १४ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको संयोजक ललित वनेमले आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
प्रतियोगितामा झापा भरिका १० वटा टीमको सहभागीता रहने र टाइसिट पनि तयार पारिसकिएको आयोजक कमिटिले जानकारी दिएका छन् । नवज्योति युवा परिवार बाह्रदशी ६ किरात बस्तिले प्रतियोगितालाई मुख्य प्रायोजन गरेको हो ।

प्रतियोगिताका विजेताले नगद ३० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।
नवज्योति खेलकुद विकास समिति र नवज्योति युवा परिवारको संयुक्त आयोजनामा हुने प्रतियोगिताको मिडिया पार्टनरका रुपमा हरप्रहर मिडिया प्रालि र समदर्शी सञ्चार प्रालि रहेका छन भने प्राविधिक सहयोगमा व्हाइट पेपर डिजिटल सोलुसन दमक रहेका छन ।
नवज्योति एनआरएन, बाह्रदशी खेलकुद विकास समिति, बाह्रदशी गाउँपालिका र बाह्रदशी वडा नम्बर ६ ले प्रतियोगितामा आर्थिक सहयोग गरेको छ ।
त्यस्तै प्रतियोगितामा म्यान अफ द म्याच, हाइ स्कोरर सहित विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।

प्रतियोगितामा सहभागी टीम र समूह –
समूह ‘ए’
युनाइटेड बिटिएम एफ सी
जलथल एफ सी
कन्काई एफ सी
सैनिक एफ सी
कटरडाङ्गी एफ सी
समूह ‘बी’
झापा एफ सी
ब्रोदर्स एफ सी
चारपाने एफ सी
नव ज्योति एफ सी
त्रिवेणी एफ सी

