adv

मानेभञ्ज्याङ गोल्डकप – कोलकत्तालाई हराउँदै कालेम्पोङ क्वाटरफाइनल प्रवेश


मानेभञ्याङ (भारत) ।
जर्जियन एफसी कालेम्पोङ ७ औ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेकोे छ । १२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकत्तालाई ७–५ गोल अन्तरले हराउँदै कालेम्पोङले अन्तिम ८ मा स्थान बनाएको हो ।

खेलका सुरुवाती अग्रता कालेम्पोङले बनाएको थियो । ७ औ मिनेटमा कुन्जमान थापाले पहिलो गोल गरेका थिए । ४ मिनेट नवित्दै उनले व्यक्तिगत दोश्रो गोल गरे । २३ औ मिनेटमा बसन्त राईले गोल गरेपछि कालेम्पोङले अग्रता ३–० बनाएको थियो ।

३२ औ मिनेटमा कोलकत्ताका मिथुन शाहले गोल गर्दै अन्तर ३–१ मा झारे । ४५ औ मिनेटमा कालेम्पोङका सिलास लेप्चाले गोल गरे । २ मिनेट नवित्दै  मिथुनले व्यक्तिगत दोश्रो गोल गरेपछि अन्तर ४–२ झरेको थियो । ४९ औ मिनेटमा कुन्जमानले ह्रयाट्रिक पुरा गरे । २ मिनेट लगतै कुन्जमानले व्यक्तिगत चौथो गोल गरेपछि कालेम्पोङले गोल अन्तर ६–२ बनाउन सफल रहयो । कप्तान प्रनभ मुखियाले ५४ औ मिनेटमा कालेम्पोङका लागि सातौ गोल गरे । त्यसपछि कोलकत्ताले खेलमा फर्कने प्रयास गरेको थियो ।

६० औ मिनेटमा मिथुनले ह्रयाट्रिक पुरा गरे । ७० औ मिनेटमा मिथुनले व्यक्तिगत चौथो गोल गरे । इन्जुरी समयमा सव्स्टिच्युट खेलाडी बपन बेराले गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन् । खेलको म्यान अफ दि म्याच विजेता टोलीका कुन्जमान घोषित भए ।

प्रतियोगितामा शुक्रबार पहिलो खेलमा सिरिजंघा स्र्पोटिङ क्लब भद्रपुर र मोहम्मडन एथ्लेटिक क्लब कोलकत्ता विच हुनेछ । दोश्रो खेलमा हिमालयन शेर्पाले कञ्चनजंघा एफसी सिलिगुडी संग खेल्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु