adv

कमल गाउँपालिकामा असोज २९ गतेदेखि वडास्तरीय फुटबल प्रतियोगिता हुने


कमल ।
झापाको कमल गाउँपालिकामा असोज २९ गतेदेखि वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

कमल– ७ विष्णुकठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा ७ वटै वडाको टिम सहभागी हुने गाउँपालिका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा विजेता टिमले नगद ४० हजार रुपैयाँ र उपविजेता टिमले नगद २५ हजार रुपैयाँका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्ने समितिका संयोजक सन्तबहादुर मगरले जानकारी दिए । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिनेछ ।

खेलकुदको क्षेत्रबाट आफ्नो परिचय झल्काउँदै आगामी दिनमा पालिकास्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गर्नका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक मगरले जनाएका छन् ।

सो प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडी छनौट गरी नियमित प्रशिक्षण दिइने समितिका सहसंयोजक तेजु राईले जानकारी दिए ।

विगतमा यस्ता प्रतियोगिताहरु राजमार्ग केन्द्रित गरिँदै आएकाले यो पटक ग्रामीण क्षेत्रमा सञ्चालन गरिन लागेको जनाउँदै समितिका सचिव बिक्रम निरौलाले ग्रामीण क्षेत्रमा रहेका फुटवलप्रेमीलाई पक्कै मनोरन्जन प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु