adv

इस्ट होराइजन मावि नेपालको प्रतिनिधित्व गर्दै भारतको आन्द्र प्रदेश प्रस्थान

५ मंसिर,मेचीनगर । सर्व धर्म प्रेमि श्री सत्य साई बाबाको ९८ औं जन्म जयन्तीको अवसरमा भारतको आन्द्र प्रदेशमा हुन गइरहेको साँस्कृतिक कार्यक्रमा नेपालको तर्फबाट इष्ट होराइजन माध्यमिक विद्यालय मेचीनगर आफ्नो ब्याक्पाइपर व्याण्ड तथा साँस्कृतिक समूह लिएर भारतको आन्द्र प्रदेश पुटापर्ती स्थित प्रस्थान गरेको छ ।

कक्षा- १ देखी १२ सम्मका ३५ जना छात्र- छात्रा र ७ जनाको शिक्षकको टोली कार्यक्रममा सहभागी हुन गएको हो । उक्त कार्यक्रममा देशभरीबाट करिब ५ हजार मानिस सहभागी हुने बताइएको छ ।

विद्यालयका प्रमुख प्रसाशक सावित्रा राई तथा प्रिन्सिपल सञ्जिव राईको नेतृत्वमा विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराउन पाउदाँ आफुहरु खुशी रहेको विद्यालय प्रशासन बताउँछ ।

भारतको चर्चित रियालिटि सोका कोरियोग्राफर अन्वर हुसेनले कोरियोग्राफ गरेका उत्कृष्ट नृत्य र ब्याक पाइपर व्याण्ड आकास बराइलीले सहजीकरण गरेका विद्याथीहरुले नेपालको राष्ट्रिय गान, राष्ट्रिय धुन, सर्वधर्म भजन, मालश्री धुन, आयो नेपाली लगायतको नेपाली साँस्कृतिक लोक बाजालाई अन्तराष्ट्रिय स्थरको कार्यक्रममा प्रस्तुत गर्न लागिएको बताइएको छ ।

विद्याथीहरुलाई औपचारिक रुपमा अभिभावक तथा शिक्षकहरुले विभूती लगाई खादा अर्पण गरी बिदाइ गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु