adv

नेपाल सुपर लिगमा आज बिरगंज युनाइटेड र धनगढी एफ.सी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बिरगंज युनाइटेड र धनगढी एफ.सी भिड्दैछन् । दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने तयारीमा रहेका छन् ।

धनगढी एन.एस.एल फुटबलको साविक उपविजेता टोली हो भने बिरगंजले पहिलो पटक एन.एस.एल खेल्न लागेको हो ।

यसअघि हिजोका खेलहरुमा ललितपुर सिटी र पोखरा थन्डर्सले विजयी सुरुआत गरेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० ले हराउँदा पोखराले एफ.सी चितवनलाई १–० ले पराजित गर्यो।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा विभिन्न नौ वटा फ्रेन्चाइज टोलीहरुले भाग लिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु