adv

पत्रकार देवानमाथि भएको आक्रमणप्रति फोनिजको गम्भिर ध्यानाकर्षण

विराटनगर । समाचार संकलनका क्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ समितिका कोषाध्यक्ष प्रेम देवानमाथि भएको आक्रमणप्रति फोनिजको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्थलगत समाचार संकलन गर्न पुगेका पत्रकार देवानलाई गरिएको आक्रमणप्रति फोनिज प्रदेश समिति र संघीय समितिले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

विराटनगर–७ सात घुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार संकलनका लागि बोलाएर देवानमाथि आक्रमण गरिएको थियो । बारम्बार फोन गरेर बोलाइनु र समाचार संकलन गर्न पुगेपछि आक्रमण गरिएकाले यो घटना योजनाबद्ध रहेको देखिन्छ ।

समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथि आक्रमण रहेको फोनिजको ठहर छ । ‘फोनिज यस घटनाको घोर निन्दा गर्दै सत्य तथ्य छानबिन गरी आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न जोडदार माग गर्दछ ।
पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसँग माग गर्दै घाइते हुनुभएका देवानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ फोजिन संघीय समितिका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै, दोषिलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नु पर्ने माग फोनिज प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु