२५ मंसिर, काठमाडौं ।

जनता समाजावादी पार्टी, नेपाल (जसपा) ले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वार चयन गर्न पुष १० गते पुनः कार्यकारिणी बैठक बस्ने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेसमेत निर्णय गरेको हो ।
पार्टीको तीन महिने संगठन विस्तार र सुदृढकिरण अयिभान पुष मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको बैठकले आउँदो पुष २५, २६ र २७ गते जसपा केन्द्रीय राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

