
इलाम । किरात याक्थुङ चुम्लुङसम्बद्ध किरात याक्थुङ फासिङ सजुम, याक्थुङ युवा मञ्च र लिम्बू सांस्कृतिक परिषद् इलामको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङ इलामको संयोजनमा भएको तीनै समितिको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको हो ।
फासिङ सजुमको पाँचौँ अधिवेशन भएको हो भने मञ्च र परिषद्को विशेष अधिवेशन । फासिङ सजुम अध्यक्ष देउप्रकाश खाम्दाकको अध्यक्षता र सांस्कृतिक परिषद्का संघीय सञ्चालक समिति अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सजुमको अध्यक्षमा विक्रम सोङमी, उपाध्यक्षमा पदम ताम्लिङ, सचिव मुक्ति खाम्दाक, सहसचिव विनादेवी लिम्बू र कोषाध्यक्षमा रेनुका लिङदेन निर्वाचित भएका छन् । सदस्यमा भीम येक्तेन, छत्र सम्बाहाङफे, हर्क लिङदेन, हस्त फियाक, बलबहादुर चौबीसे, कृष्णकुमारी लिम्बू, मनप्रसाद लिङेदन, दुर्गा लिम्बू, विष्णु फोम्बो, सरिता लावती, नरबहादुर साउदेन, भीम लिम्बू निर्वाचित भएका छन् । थप सदस्यसमेत मनोनीत हुने चुम्लुङ इलामले जनाएको छ ।
सजुमले पाँच सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ । सल्लाहकारमा देउप्रकाश खाम्दाक, बखतबहादुर आङदेम्बे, बुद्धमाया सोङमी, नरबहादुर नेम्बाङ र गायत्री थेगिम छन् ।
लिम्बू सांस्कृतिक परिषद् अध्यक्षमा विजय फागो वनेम, उपाध्यक्षमा विक्रम योङहाङ लिम्बू, सचिवमा सरोज जबेगू लिम्बू, सहसचिवमा सृष्टि कुरुम्बाङ, कोषाध्यक्षमा स्वस्तिका लिम्बू निर्वाचित भएका छन् । सदस्यमा सूर्य मोरोहाङ लिम्बू, कामना लिङदेन लिम्बू छन् भने थप सदस्य विधानबमोजिम मनोनीत हुनेछन् ।
याक्थुङ युवा मञ्च इलामको अध्यक्षमा युवराज लिम्बू, उपाध्यक्ष दुर्गा थेगिम, सचिव रेखा बेघा, सहसचिव कमला जबेगू, कोषाध्यक्ष उमेश सेलिङ र सदस्यमा मिलन आङदेम्बे, भीमा लिम्बू, सारदा तुम्रोक र सबिना लिम्बू निर्वाचित भएका छन् । थप सदस्य विधानबमोजिम मनोनीत हुने चुम्लुङ सचिव राम योङहाङले जानकारी गराए ।
कार्यक्रममा चुम्लुङका संघीय सदस्यहरू सन्तोष नेम्बाङ र विष्णु तुम्बापो, जिल्ला अध्यक्ष बुद्धमाया सोङमी र सल्लाहकार गायत्री थेगिमलगायतले शुभकामना मन्तव्य राखेका थिए भने संघीय सदस्य सन्तोष नेम्बाङले निर्वाचित कार्यसमितिलाई सपथ गराएका थिए ।

