adv

गलत इतिहास नबेच : फोनिज

३ फागुन, काठमाडौं ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले विमोचन गरेको ‘अग्र अनुहार’ पुस्तक विक्री वितरण नगर्न माग गरेको छ ।

बिहीवार फोनिज सङ्घीय समिति महासचिव मिलन लिम्बूले जारी गरेको प्रेस विज्ञप्ति जारी गरी पुस्तकको प्रकाशन र विक्री वितरणबाट नेपाली पत्रकारिताको गलत इतिहासले नै निरन्तरता पाउने भन्दै त्यस्तो कार्य नगर्न नगराउन माग गरेको हो ।

फोनिजले तथ्यका आधारमा इतिहासको पुनर्लेखन गरेर विगतमा भएको गल्ती सच्याउन पनि माग गरेको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले माघ २८ गते ‘अग्र अनुहार’ नामक पुस्तक विमोचनका लागि आयोजना गरेको कार्यक्रममा फोनिज र फोनिजसँगसम्बद्ध पत्रकारहरूले प्रतिरोध गरेका थिए ।

सो पुस्तकमा २००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारहरुलाई संगठित गरेका सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापकका रूपमा समावेश गरिएको छैन ।

फोनिजले गलत इतिहास सच्याउन गरेको उक्त प्रतिरोधलाई अपव्याख्या गर्ने, लाञ्छित गर्ने कार्य सामाजिक सञ्जालबाट भएकाले त्यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

गलत इतिहास सच्याउने आन्दोलन निरन्तर रहेको र थप आन्दोलनका कार्यक्रम चाँडै सार्वजनिक गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु