adv

दमकमा ‘ए’ र ‘बि’ डिभिजन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सजन राई ।

६ फागुन, दमक । झापाको दमकमा  ‘ए’ डिभिजन र ‘बि’ डिभिजन प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हल परिवारको आयोजनामा तेस्रो वार्षिकोत्सवको अवसरमा फागुन ४ र ५ गते दुई दिन सञ्चालित प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

तिलुङ्छा कभर्ड हलका अध्यक्ष रण बहादुर राईका अनुसार हलले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रतियोगिता गराउदै आइरहेको छ ।

“स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” र “परिवर्तनका लागि ब्याडमिन्टन खेलौं, नयाँ पुस्ता प्राप्त गरौ” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडी उत्पादन गरी राष्ट्रलाई टेवा पुर्याउने रहेको आयोजक समितिका सदस्य धन कुमार राईले जानकारी दिए ।

‘ए’ डिभिजनको खेलमा सागर फुड्स इटहरीका भोजराज गुरुङ र लाक्पा शेर्पाको जोडिले मेहरमान बहुउद्देश्यीय कभर्ड हल विर्तामोडका विवेक कङ्दङ्वा र नविन शिलवालको जोडिलाई २१-१९ र २१-१२ को सोझो सेटमा हराउदै उपाधि माथि कब्जा जनायो । विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पाए । त्यस्तै यस ईभेन्टमा तेस्रो हुन सफल दमकका सुदेन राई र दिवस शंकर साथै विर्तामोडका चाणक्य पाठक र उत्सव उप्रेतीको जोडिले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।


‘बि’ डिभिजनमा भने दमकका डिकेन्द्र लम्साल र सन्तोष राईको जोडिले धरानका सुरेश तामाङ र मनि चाम्लिङको जोडिलाई २१-१६, १८-२१ र २०-१२ ले हराउदै उपाधि उचाल्न सफल भयो । विजेताले नगद १० हजार र उपविजेताले नगद ७ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । तेस्रो स्थानमा चित्त बुझाएका धरानका अनिल राई र मिलन लिम्बू सहित बेलबारीका हेम गुरुङ र विकास श्रेष्ठले नगद ४ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

खेल बिडब्लुएफको नियम अनुसार रेफ्रि भवानि आङ्देम्बेको उपस्थितिमा सञ्चालन भएको थियो । सम्पूर्ण उपाधि विजेता खेलाडीहरुलाई प्रमुख अतिथि दमक ब्याडमिन्टन खेल विकास समितिका अध्यक्ष पूर्ण ध्वज आङ्देम्बे सहित अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु