सजन राई ।
दमक । दमकमा झापा जिल्ला नगरपालिका अन्तर विधालय भिक्टोरिया क्रस भलिबल प्रतियोगिता हुने भएको छ ।
स्वर्गीय भिक्टोरिया क्रस विजेता राम बहादुर लिम्बू बेघाको स्मृतिमा ‘विजेताहरु खेलिरहन्छन् जब सम्म सहि हुदैन’ भन्ने नाराका साथ हुने प्रतियोगिता फागुन २७ र २८ गरी दुई दिन सञ्चालन हुने भएको हो ।
होनोररि क्याप्टेन राम बहादुर लिम्बू स्मृति प्रतिष्ठानको आयोजना र दमक ८ मा रहेको शिखर ज्योति इङ्लिस स्कुलको व्यवस्थापनमा स्कुलको प्राङ्गणमा हुने प्रतियोगितामा जिल्ला भित्रका नगरपालिकाका विधालयहरुले सहभागिता जनाउने शिखर ज्योति स्कुलकी सञ्चालिका मनु लिम्बूले जानकारी दिइन् । उनले वार्षिक गर्ने भनिएको यो प्रतियोगिता पहिलो पटक भएकोले मार्चमा नै सञ्चालन हुने भए पनि अर्को संस्करण राम बहादुर बेघाले भिक्टोरिया क्रस पाएको दिन नोभेम्बर २१ मा नै आयोजना हुने बताइन् ।
खेल संयोजक सुजन बुढाथोकीले विधार्थीहरु राष्ट्रका गहाना भएकोले उनिहरुलाई हौसला प्रदान गरी उत्कृष्ट खेलाडी उत्पादन गरेर राष्ट्रलाई टेवा पुगोस भन्ने नै प्रतियोगिताको मुख्य उदेश्य रहेको बताए ।
प्रतियोगिताका विजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
साथै सान्तवना पुरस्कार बापत नगद ५ हजार सहित मेडल र प्रमाणपत्र रहेको छ भने इन्ट्रि फि १ हजार ५ सय रहेको आयोजकले जानकारी दिए ।