adv

फोनिज महासचिव लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेद्वारी दिने

५ चैत्र, माङसेबुङ ।

राजनीतिक दलहरुले नागरिकबाट प्राप्त अभिमत दुरुपयोग गरेको र संस्थागत भ्रष्टाचार मौलाएको भन्दै सोविरुद्ध आफूले इलाम २ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको फोनिज महासचिव मिलन लिम्बूले जानकारी दिएका छन् ।

लिम्बूले आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनका लागि इलाम २ बाट स्वतन्त्र र साझा उम्मेदवारी घोषणा गरेका हुन् ।

करिब ३ हप्ता अगाडि नेकपा माओवादी केन्द्रसँगको आबद्धता त्यागेका उनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजनागरेर आफ्नो उम्मेद्वारी घोषणा गर्दै भने -‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम का जनताले यो माटोकोउम्मेदवारका रूपमा उभ्याएका छन् इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा कामगर्नेछु

दलीयकरणमा मौलाएको भ्रष्टाचार र बेथिति रोक्न आफूलाई इलामेली जनताले जिताउने लिम्बूले दाबी गरेका छन् ।

पहिचानको पक्षमा आफू सदा रहँदै आएको भन्दै लिम्बूले प्रदेश १ को पहिचान नामेट पार्ने कोशी नाम खारेज गरेर पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्नेमा जोड दिए

इलामेली नागरिकलाई जल, जमिन र जंगलको मालिक बनाउने आफ्नो अभियान रहेको भन्दै उनले यस अभियानमा साथ सहयोग गर्न पत्रकार सम्मेलनमार्फत अपिल समेत गरे ।

राजधानीमा रहेर डेढ दशक अघिदेखि मेनस्टृम पत्रकारिता गर्दै आएका लिम्बू पत्रकारितामार्फत उत्पीडित र सीमान्तका पक्षमा कलम चलाउँदै आएका पत्रकार हुन् ।

फोनिजको महासचिवका रूपमा समेत कार्यरत उनले जनताको प्रत्यक्ष सेवा गर्न राजनीतिमा कृयाशील हुने भन्दै पेशागत पत्रकारिताबाट अलग रहने समेत बताए ।

लिम्बू इलाम क्षेत्र नम्बर २ को माङसेबुङ गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् ।

इलाम बाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु