adv

कार्गिल सहिद स्मृति फुट्बलको उद्घाटन खेलमा बाहुण्डागीको विजयी शुरुवात

मेचीनगर । झापाको बाहुण्डागीमा सुरू भएको कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा बाहुण्डागीले विजयी शुरुवात गरेको छ ।

मेचीनगर ४ स्थित सरश्वती मावीको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डागी युवा क्लबले विजयी सुरूवात गरेको हो ।

रिक्की प्रधान र श्याम मुर्मुको समान १-१ गोलको मद्दतमा बाहुण्डागी युवा क्लब विजयी भएको हो।

खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै बाहुण्डागीका कप्तान समेत रहेका रिक्की प्रधानले टीमलाई अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा दोस्रो गोल गर्दै श्याम मुर्मुले अग्रता दोब्बर बनाए । बिपक्षी टीमका गोलरक्षक केही अघि बढेको मौकालाई सदुपयोग गर्दै प्रहार गरेको उनको गोलले जाली चुमेको थियो ।

खेलमा कचनकवलले गोल गर्नका लागि विभिन्न अवसर बनाएपनी गोल भने गर्न सकेन । खेलको म्यान अफ द म्याच बाहुण्डागीका लागि पहिलो गोलकर्ता प्रधान घोषित भए । उनले ट्रफी र १५०० नगद प्राप्त गरे ।

प्रतियोगिता अनुसार भोलीको खेल सनिश्चरे फुटबल क्लब भर्सेस रोलिङ क्लब धुलाबारी बीच हुनेछ । आजबाट शुरु भएको प्रतियोगिता २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख एक हजार र उपबिजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

आजबाट शुरु प्रतियोगिताको उद्घाटन शत्रको प्रमुख अतिथी झापा गोल्ड्कपका अध्यक्ष बिनोद बस्नेत रहेका थिए । उनले खेल क्षेत्रको विकासका लागि बाहुण्डागी जेसिजले चालेको यस कदमप्रती धन्यवाद ज्ञापन गरे । प्रतियोगीताको उद्घाटन शत्रमा प्रमुख अतिथी बस्नेतसंगै सहिद परिवारका तर्फबाट नेत्रराज थापा क्षेत्री, बाहुण्डागी जेसीजका संस्थापक अध्यक्ष नवीन बराल, मेचीनगर ४ का वडाअध्यक्ष अर्जुनकुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बाहुण्डागी जेसीजका अध्यक्ष देबु बानीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव सुस्मिता भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु