फाकफोकथुम। इलामको फाकफोकथुम- ५ लुम्देस्थित जालपा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेल सामाग्री हस्तान्तरण गरिएको छ ।
आइतवार विद्यालयका पुर्व-विद्यार्थी हर्क फियाक लिम्बूले एक कार्यक्रमका बीच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।उनले दुई सेट जर्सी,भलिबल,फुटबल,नेट तथा ६५ थान स्कुल ब्याग प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि फाकफोकथुम वडा नः ५ का वडाअध्यक्ष सुदिप आलेले शैक्षिक तथा खेलकुदको क्षेत्रमा सहयोग गरेकोमा धन्यबाद दिंदै सहयोगी सम्पुर्ण दाताहरूलाई वडाबाट चांडै नै सम्मानको कार्यक्रम गर्ने पनि बताए ।
सामाग्री हस्तान्तरण गर्दै पुर्वविद्यार्थी लिम्बूले आफुले अध्ययन गरेको विद्यालयको शैक्षिक र खेलकुदको बिकासका लागि सहयोग गर्न पाँउदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
फाकफोकथुमको लुम्दे-२ मा जन्मिएका लिम्बू हाल झापाको मेचीनगर-६ मा बस्दै आएका छन् । किरात याक्थुड्ं चुम्लुड्ं मेचीनगर र काँकरभि्टा खानेपानीका पुर्व अध्यक्ष रहेका लिम्बू बिभिन्न संघ संस्थामा आबद्द रहंदै सामाजिक सेवामा अग्रसर रहेका छन् ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक लैनबहादुर बस्नेत,फाकफोकथुम गाँउपालिका वडा नः ५ का वडा सदस्य कृष्ण राई,अभिभावकहरू धनप्रसाद लिम्बू,तेजप्रसाद लिम्बू,दिनानाथ न्यौपाने र रामकृष्ण घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष सम्झना लिम्बूको अध्यक्षकतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक गोपाल खजुमले गरेका थिए भने सन्चालन दिपक घिमिरेले गरेका थिए ।