४ जेठ, दमक ।
मदन आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कमल ५ पाडाजुँगीको रोड स्टार पार्टी प्यालेसमा एमाले झापाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ महिला सहित १ सय २४ जनले रक्तदान गरेका एमाले झापा सदस्य मनकुमार गदालले जानकारी दिए ।
एमाले कमल गाउँ कमिटीको ब्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा एमाले जिल्ला कमिटीझापाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
एमाले झापा अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एमाले पोलीटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले सामाजिक सेवाका धेरै प्रकार रहे पनि रगतदान,जीवन दान नै समाजको उत्तम सेवा रहेको बताएका थिए ।
एमाले पार्टीका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष गिरीको भनाई थियो ।