adv

दमकमा मोबाइल पत्रकारिता तालिम हुने

सजन राई

दमक । झापाको दमकमा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । झापा जिल्लाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा दमक ८ स्थित मञ्चको सभाहलमा तालिम सञ्चालन हुने भएको हो  ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा असार ७ देखि ९ गते सम्म सञ्चालन हुने तालिममा माङसेबुङ स्थायी घर भई हाल दमक लगायत आसपासको क्षेत्रमा बसेर अध्ययन गरिरहेका विधार्थीहरु, माङसेबुङका पत्रकारिता क्षेत्रमा लागिरहेका व्यक्तिहरु तथा पत्रकारिता गर्न इच्छुक युवाहरुले सहभागिता जनाउन सक्ने मञ्चका अध्यक्ष कमन देवानले जानकारी दिए ।

उनका अनुसार तालिममा ९० प्रतिशत माङसेबुङ गाउँपालिकाका प्रशिक्षार्थी रहने छन् भने १० प्रतिशत मञ्चबाट सिफारिस प्रशिक्षार्थीको सहभागी रहने छ ।साथै उनले मोबाइल पत्रकारिता आजको आवश्यकता रहेकोले यो तालिमको आयोजना गरिएको बताए ।

मोबाइल पत्रकारिताको क्रेज बढ्दो छ । यसले गर्दा समाचार सम्प्रेषणमा सहजता र छिटो हुने हुदाँ पनि यस्को महत्व बढिरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु