१२ असार २०८१, बुधवार
सजन राई
दमक । झापाको दमकमा ‘बी’ डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा हुने खेल असार १४ र १५ गरी दुई दिन चल्ने छ ।
हल समितिको आयोजनामा प्रत्येक वर्ष विभिन्न प्रतियोगिताहरु हुँदै आइरहेको छ । हलको वार्षिकोत्सव तथा अन्य अवसरमा खेल प्रतियोगिता गर्दै आइरहेको आयोजक समितिले यस पटक ‘बी’ डिभिजनको खुल्ला प्रतियोगिता गर्न लागेको अध्यक्ष दिपक कुमार राईले जानकारी दिए । उनका अनुसार नेपालका इच्छुक सबै ‘ए’ डिभिजन बाहेकका खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् ।
प्रतियोगिता विवादास्पद नहोस भनेर खेलाडी छनोट समिति बनाइएको आयोजक समितिले बताए । आयोजकका अनुसार छनोट समितिमा सिनियर खेलाडीहरु प्रकाश राई, सुदेन राई सहितको टिम रहेको छ ।
‘स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको मुख्य उदेश्य स्थानीय खेलाडी उद्पादनलाई जोड दिनु नै रहेको
खेल संयोजक धन कुमार राईले बताए । उनका अनुसार टिम धेरै हुने भएकोले खेल बिहान ७ बजे बाट नै सुरु गर्नु पर्ने हुन्छ त्यसैले सबैलाई समयमै उपस्थित हुन पनि आग्रह गर्दछौ ।
इन्ट्रि शुल्क दुई हजार रुपैयाँ रहेको यस प्रतियोगिताको बिजेताले नगद १५ हजार, दोस्रो स्थान प्राप्त गर्ने टिमले नगद १० हजार र तेस्रो हुने टिमले नगद ४ हजार सहित सबै विजेताले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेल बिडब्लुएफको नियम अनुसार खेलाइने आयोजकले जानकारी दिए ।