झापा । गोलरक्षक प्रशिक्षक मीन बस्नेत भुटानको शिर्ष फुटबल भुटान प्रिमियर लिगमा अनुबन्ध भएका छन्। हाल भुटानको शिर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।
यो अनुवन्धसँगै बस्नेत भुटान प्रिमियर लिगमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाउने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन् ।
फुङ्सोलिङ हिरोजको मुख्य प्रशिक्षकमा नेपाल कै अनुभवी तथा युवा प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् । फुङ्सोलिङ हिरोजले नेपाली फुटबलमा चर्च व्बाइज एफसीबाट खेलिसकेका झापाका आशिष चापागाईंलाई पनि अनुवन्ध गरेको छ ।
बस्नेत यसअघि हिमालयन शेर्पामा रहेर ए डिभिजन लिग तथा धनगढी एफसीमा आवद्ध भएर नेपाल सुपर लिगमा पनि गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।
उनले नेपालको उमेर समुह महिला टिमलाई समेत प्रशिक्षण गरेका छन् । झापा काँकडभिट्टाका बस्नेत एक दशक ए डिभिजन फुटबल खेलेका छन् ।