दमक । झापाको दमकमा १० दिने किरात सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बू बिधार्थी मन्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण आजबाट सुरु भएको हो ।
दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भईरहेको उक्त कार्यशालामा ४० जनाको सहभागिता रहेको संयोजक आकाश लावती लिम्बूले जानकारी दिए ।
भदौ २१ गते सम्म संचालन हुने कार्यशालाको सहजीकरण भाषालिपि तथा साँस्कृतिक अभियन्ता थेयुसा फागोले गर्नेछन् ।
लिम्बू बिधार्थी मन्चले याक्थूङ बिधार्थीहरुको हक,अधिकार संरक्षण र सम्बर्धन गर्दै याक्थूङ भाषा,लिपि,कला,धर्म,साँस्कृतिक तथा शैक्षिक बिकासमा योगदान पुर्याउदै आएको छ ।