adv

माङसेबुङमा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 

पुष २५, माङसेबुङ इलामको माङसेबुङमा  १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवारदेखि सुरु भएको माङसेबुङ मर्चिबुङमा रहेको विधा सिर्जनात्मक माविको संयोजनमा आयोजित प्रतियोगिता पुष २४ गते देखि २६ गतेसम्म तीन दिन सञ्चालन हुनेछ

माङसेबुङ गाउँपालिकाको आयोजनामा आयोजित प्रतियोगिता उद्घाटन प्रमुख अतिथि कोशि प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिवकृष्ण बस्नेत पर्शुरामले गरेका थिए कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रमा स्थानीय सरकारले दिल खोलेर लगानी गर्नु पर्ने बताए

उद्घाटन सत्रमा माङसेबुङ अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा लगायत वडा अध्यक्षहरु, पालिका प्रवक्ता, सबै विधालयका प्रधानाध्यापक, शिक्षक तथा विधालय समितिका अध्यक्षहरुको उपस्थिति रहेको यसका साथैकार्यक्रममा वडा सदस्य, सुरक्षाबल, पत्रकार सहित माङसेबुङ शिक्षा शाखा प्रमुख बुध्दि प्रसाद खतिवडा उपस्थित थिए

प्रतियोगितामा छात्रा छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबड्डी सहित एथलेटिक्स खेलहरू भइरहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु