दमक, माघ १८ । दमक उधोग वाणिज्य संघले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कार यस पटक अनिल देव राईलाई प्रदान गरेको छ। राई नेपाल आदिबासी जनजाती पत्रकार महासंघ( फोनिज) प्रदेश नवनिर्वाचित लेखा समितिका सदस्य हुन । संघले आफ्नो ३३औं वार्षिक उत्सवको अवसर सो पुरस्कार प्रदान गरेको हो ।
हाम्रो सरोकार अनलाइनका सञ्चालक राई लामो समय देखि दमकमा बसेर पत्रकारिता गर्दै आइरहेका छन् । उनलाई नगद ११ हजार एक सय ११ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई लगायत दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुँरागाईले पुरस्कार वितरण गरेका थिए ।
यससँगै संघमा योगदान पुर्याए बापत पूर्व यामनाथ आचार्य राजकुमार भटराई, गणेश श्रेष्ठ र धनपति बराललाई सम्मान प्रदान गरेको थियो । साथै उत्कृष्ट व्यवसायी सम्मान बाट नुतन राइस मिल्सका रुद्र प्रसाद तिम्सिना, चाम्लिङ फोटो स्टुडियोकि रामदिपा राई र श्रेष्ठ छापाखानाका गणेश श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।