adv

जीवन विकासले गर्‍यो शैक्षिक सामग्री वितरणसँगै हाजिरिजवाफ प्रतियोगिता

 

फागुन , दमक जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाले शैक्षिक सामग्री वितरणसँगै हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको शुक्रबार मोरङको उर्लाबारी सिमाना बस्तीस्थित श्री नुनसरी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा ८० जना भन्दा बढी विधार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो

विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको संस्थाले शैक्षिक सामग्री वितरणसँगै हाजिरि जवाफ प्रतियोगिता समेत सञ्चालन गरेको थियो विधार्थीहरुको बौद्धिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको प्रतियोगिताको विजेताहरुलाई समेत पुरस्कार बापत शैक्षिक सामग्री प्रदान गरिएको संस्थाका कर्मचारी युगल श्रेष्ठले जानकारी दिए

संस्थाका उर्लाबारी शाखा प्रमुख भूपेन्द्र कुमार शाहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी वडा अध्यक्ष तिलक कुमार पाण्डे, विधालयका प्रधानाध्यापक भोलानाथ निरौला लगायतले मन्तव्य राखेका थिए उक्त कार्यक्रममा शिक्षक, अभिभावक, विधालय व्यवस्थापन समिति, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित विद्यार्थीहरुको उपस्थिति रहको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु