adv

मेचीनगर गोल्डकप र मुख्य प्रायोजक होटल मेची क्राउनबीच सम्झौता

मेचीनगर । मेचीनगर गोल्डकप र पाँचौँ संस्करणको मेचीनगर गोल्डकप २०८१ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर ) होटल मेची क्राउनबीच सम्झौता भएको छ ।

आज काँकरभिट्टास्थित गोल्डकपको सचिवालयमा एक कार्यक्रमकाबीच सम्झौता भएको हो ।

एचएमसीका तर्फबाट बुद्विमान तामाङ र रिष्मा सुब्बाले तथा आयोजकका तर्फबाट मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहसंयोजक एवम् मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा), आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओली लगायतले आफ्ना भनाईहरू राखेका थिए ।

यसैबीच मेचीनगर गोल्डकप अंकित टिसर्ट पनि सार्वजनिक गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४ गतेदेखि हुने प्रतियोगितामा उद्घाटनका दिन नारी दिवस भएकाले महिलाहरुलाई त्यसदिन टिकट निःशुल्क गरिने आयोजकको भनाई छ ।

काँकरभिट्टा खेलमैदानमा हुने प्रतियोगिताका विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट कोचलाई २१ हजार, उत्कृष्ट गोलरक्षकलाई २१ हजार, उदयमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउने क्लबका अध्यक्ष नवराज ओलीले बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु