adv

एपिएफलाई हराउँदै मछिन्द्र मेचीनगर गोल्डकपको सेमिफाइनलमा

झापा । मछिन्द्र फुटबल क्लब पाँचौं मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार काँकरभिट्टाको मेचीनगर मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० ले हरायो । योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा मछिन्द्रलाई जिताउन विदेशी खेलाडी युसुफ मलिकले निर्णायक गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा अर्का विदेशी खेलाडी स्टेफन कामहको क्रसलाई वान टचमै गोल गरेका हुन् ।

दोस्रो हाफमा दुबै टोलीका खेलाडीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । खेलको प्लेयर अफ दि म्याच मलिक नै घोषित भए । उनले ११ हजार प्राप्त गरे ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा मछिन्द्रले अर्काे सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । क्वार्टरफाइनलमा चर्च ब्वाइजले झापा एफसीलाई सडनडेथमा ५–४ ले पारजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

अर्को सेमिफाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिस सेन्टर र धरान एफसी प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा काँकरभिट्टाले भारतको जर्जियन एफसीलाई ४–२ ले हराएको थियो । धरानले उज्केकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै अन्तिम चारको टुंगो लाएको थियो ।

शनिबार हुने पाँचौं मेचीनगरको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु