adv

माङसेबुङमा रहेको ऐतिहासिक ढुङ्गाको तीन चुला


सजन
राई, माङसेबुङ
इलामको माङसेबुङ साबिक बाँझो को ऐतिहासिक ठाडो मूल बाटो हिँड्दा भेटिन्छ बाटोमै ठूलठूलो ढुङ्गाको तीन चुला हेर्दा लाग्छ यो कसैले ढुङ्गा गाडेर बनाएको चुला हो तर यसको कथा बेग्लै स्थानीय जानकारहरुका अनुसार यो ढुङ्गाको चुला प्राकृतिक हो स्थानीय वृद्धवृद्धाहरु समेत आफूले जान्दा ढुङ्गाको चुला सोही आकृतिमा रहेको बताउँछन् । उहिलेको समयमा यति ठूलो ढुङ्गा मानिसले गाडेर चुला बनाउन सम्भव नै नहुने स्थानीय पाका मानिसहरुको बुझाइ अहिलेको जस्तो प्रविधि उपकरण नै उपलब्ध थिए

पश्चिमी इलाम सहित पाँचथरको पश्चिम दक्षिण भेगका मानिसहरुको खाद्यान्न ढुवानी गर्ने बाटोको रूपमा कुनै समयको स्थापित ढुङ्गाले छापेको मूलबाटोमै पर्ने यो तीन चुलाले दशकौँ लामो याद जिवित राखेको पहाडी भेगबाट मानिसहरु अलैँची, अम्लिसो लगायत नगदेबालीको भारी बोकेर मोरङको मधुमल्ला बजार लगेर बेच्ने गर्दथे यसरी इलाम पाँचथरलाई गुण लगाएको मधुमल्ला पूर्वकै पुरानो बजारको रुपमा परिचित रहेको

          मूलबाटोमा रहेको ढुङ्गाको तीन चुला 

यसैगरी मधुमल्लाबाट फर्कदा चामल, नून, तेल, लत्ताकपडा उसैगरी बोकेर ल्याउनु पर्दथ्यो यी यात्राका क्रममा थाकेका बटुवाहरुका निम्ति विभिन्न ठाउँमा चौतारीहरु बनाइएका थिए, जहाँ उनीहरु थकाई मार्थे आराम गर्दथे कतै वरपिपलको शितल छहारी कतै केमुनाको अजङ्गको रुखमुनिको छायाँमा बसेर लामो सुस्केरा हाल्दै भविष्य सम्झने ती यात्रीहरु अझै भेटिन्छन् यस्तै विश्रामस्थलहरु मध्येको एक तीन चुलाबारे विभिन्न किंवदन्तीहरु रहेका छन् भगवान शिवले भेडीगोठ सार्दा चुला बनाएको त्यसमा खीर पकाएर खाएको भन्ने विश्वास रहेको

अर्को भनाइलाई आधार मान्ने हो भने उहिले अजाहाङ राजाले तराईबाट आफ्नो राज्य चाङ्धुम्बो यक फर्किने क्रममा खाना पकाइ खाएको भन्ने कथन । जे होस यो चुला ऐतिहासिक भने

यो बाटोबाट यात्रा गर्ने यात्रीहरु यहाँ पाती, पैसा सानो ढुङ्गा चढाएर हिड्ने गर्छन् अहिले भने सडक यातायातको विकाससँगै बाटो हिड्ने बटुवाहरु लगभग भेटिनै मुस्किल परिसकेको अवस्था तर ओझेल पर्दै गएको यो ऐतिहासिक बाटो यहाँका पुरातात्विक सम्पदाहरुको संरक्षणमा स्थानीय लागि परेका छन्

यसै तीन चुलाको विकास प्रवर्द्धनको लागि यस क्षेत्रको नाम तीन चुला टोल विकास संस्था राखिएको यस क्षेत्रमा लाक्तापा, ढुङ्गे, असारेबारी, कुटेबारीलगायत टोलहरु समावेश छन् ९९% राई जातिको जनसंख्या रहेको यस टोल विकासले प्रत्येक शनिबार श्रमदान गर्दै मूलबाटोको सरसफाईसँगै विभिन्न प्रकारका बोटबिरुवा वृक्षरोपण गर्ने गरेका छन् घाँस दाउरा गोठाला गर्ने ठाउँ मात्र रहेको यस क्षेत्रलाई अहिले त्यहाँका सक्रिय युवाहरुको पहलमा पर्यटक भित्र्याउने लक्ष्यसहित काम भइरहेको

तीन चुलाको संरक्षण विकासका लागि डिपिआरसमेत भइसकेको माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राईले जानकारी दिए उनका अनुसार यस क्षेत्रको पुरानो इतिहासलाई असर नगर्ने गरी विकास गर्ने लक्ष्य रहेको कंक्रिटको विकासलाई भने स्थानीयले नकार्दै आइरहेका छन्

यो ठाउँबाट तराईको समथर फाँटसँगै चुरे क्षेत्रको मनमोहक दुश्य देख्न सकिन्छ रातको समयमा छिमेकी जिल्ला झापाको ठूला बजारहरु दमक, विर्तामोड, मोरङको मधुमल्ला, उर्लाबारी, विराटनगर भारतको केही भूभाग झिलिमिली देख्न सकिन्छ

किरात राई समुदायमा तीन चुलाको विशेष महत्व रहेको उनीहरु तीन चुलालाई सुप्तुलुङ भन्दछन् सुप्तुलुङको अर्थ पवित्र ढुङ्गा भन्ने हुन्छ उनीहरुले चुलालाई पितृको रूपमा माङ गर्ने पूजा गर्ने गर्दछन् विशेष गरेर उभौली उधौली चाडमा चुलाको माङ, पूजा गरिन्छ अन्य समयमा नयाँ बाली भित्र्याउँदा नुवाङ्गी पूजा साथै विवाह तथा मृत्युमा समेत चुलाको महत्त्व रहेको

तीन चुला अन्तर्गत उत्तरतर्फको चुलालाई दिवालुङ अथवा पापालुङ (पित्रमाङसृष्टि), पश्चिमतर्फको चुला छेकुलुङ अथवा मामालुङ(छोरीचेलीधरतीप्रकृति) हो त्यस्तै, पूर्वतर्फको तेस्रो चुला रुमिलुङ (सन्तान, दाजुभाइ समाज) को प्रतीक मानिन्छ

तीन चुले क्षेत्रबाट राति देखिएको तराईको झिलिमिली 

तीन चुला वर्तमान समयमा संकटमा पर्दै गइरहेको स्थानीय युवा छविहाङ राई बताउछन् राई भन्छन् – ‘अहिले आधुनिक जीवनशैली र शिक्षाका कारण मानिसहरु आफ्नो संस्कार संस्कृति बिर्सदै गइरहेको अवस्था यसरी बिर्सदै जाने हो भने हामी पछिको पीढीलाई यो कुराहरु दन्तेकथा जस्तो मात्र लाग्छ त्यसैले पनि हामी आफै सचेत नभए संस्कृति नै लोप हुने खतरा

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु