adv

मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम गर्ने

मेचीनगर । मेचीनगर लेडी जेसीजले युवा र समुदायसम्मलाई लक्षित गर्दै ‘जेसीज सप्ताह’ आयोजना गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ देखि २३ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रममा स्वास्थ्य, सामाजिक सचेतना, सीप विकास र साइबर सुरक्षा सम्बन्धी विविध कार्यक्रम समेटिएका छन् ।

काँकरभिट्टामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको कार्यक्रम तालिकाअनुसार सप्ताहको सुरुवात मिनी म्याराथन (रोड रनिङ) बाट हुनेछ । ‘खेलकुद विधामा योगदान, मेचीनगर लेडी जेसीजलाई पाइला पाइलामा सम्मान’ भन्ने मुख्यः श्लोग्नसहित आयोजना हुन लागेको मिनी म्याराथन (रोड रनिङ) मा मेचीनगर नगरपालिकाभित्रका १६ वर्ष माथिका महिला तथा पुरुषले सहभागिता जनाउन पाउने छन् । मेचीनगर वडा नम्बर-६ नकलबन्दाबाट सोहि वडाको भट्टराई चोकसम्मको ३ किलो मिटरसम्मको दुरी दौडका लागि चयन गरिएको संस्थाकी महासचिव कृष्णकुमारी (कल्पना) प्रसाईले जानकारी दिइन् ।

महिला तथा पुरुषतर्फ पाचौं स्थानसम्मका विजयतालाई नगदसहित पुरस्कृत गरिने छ । दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो , पाँचौ र सान्तवनाले क्रमस नगद १० हजार एकसय, पाँच हजार एकसय तीन हजार एकसय, दुई हजार एकसय उक हजार एकसय र एक हजार एकसयसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । पुरुषतर्फ ५० वर्ष माथिको र महिलातर्फ ४० वर्ष माथिको एक/ एकजनालाई प्रथम घोषणा गरिने छ ।

मेचीनगर -१० धुलावारीमा रहेको जेसीज गाउँका महिला र टोल विकास संस्थाका सदस्यहरुबीच अचार तथा खाजा बनाउने तालिम सन्चालन हुनेछ ।त्यस्तै झापाको मेचीनगर— ६ काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा रक्तदान कार्यक्रम हुने छ । सोहि दिन काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा प्राथमिक स्वास्थ उपचार सम्बन्धी जनचेतनामुलक गोष्ठी समेत हुने छ । मेचीनगर-७ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर जेसीज सप्ताहको पाँचौ दिन ब्याग वितरणको कार्यक्रम रहेको छ । जेसीजले छैठौं दिन पुराना र नयाँ उद्योगी व्यवसायी र मेचीनगरभित्रका अन्य जेसीजलाई लक्षित गरेर तालिम र अभिमुखीकरण आयोजना गरेको छ ।

सप्ताहको अन्तिम दिन जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको सहजीकरणमा ‘सुरक्षित डिजिटल समाज निर्माण अभियान’ अन्तर्गत साइबर सचेतना कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रीता प्रधानका अनुसार समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई सामाजिक गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु