
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं:५ मा एकदिने मेगा स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बी एण्ड सीशिक्षण अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्य रहेको थियो ।
शिविरमा ३ सय जना भन्दा बढीलाई सामान्य चिकित्सक परामर्श सेवा,स्त्री तथा प्रसूति रोग परामर्श सेवा,मुटु रोग परामर्श सेवा, बाल रोग परामर्श सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा नाक,कान,घाँटी परामर्श सेवा उपलब्ध गराइएको थियो। साथै आवश्यक स्वास्थ्य परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो।
साथै ५० जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षणसमेत गरिएको क्लबका अध्यक्ष सरोज खरेलले जानकारी दिए ।
बीएण्डसी अस्पतालका चिकित्सकसहित ६ जना विशेषज्ञ डाक्टरहरू र मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा र प्राथमिक स्वास्थ्य केन्द्र रबीका चिकित्सकहरु सहभागी थिए।
मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष अविशन लावतीको प्रमुख आथित्यता रहेको कार्यक्रममा डिष्ट्रिक्ट चिफ तथाक्लबका पूर्व अध्यक्ष शैलेन्द्र कुरुम्बाङ र मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य संयोजक पार्ता माखिमको उपस्थिति रहेकोथियो ।
लायन्स क्लब अफ अनारमनीका अध्यक्ष लायन सरोज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत डिष्ट्रिक्ट चिफ तथा क्लबका पुर्व अध्यक्ष लायन शैलेन्द्र कुरुम्बाङले गरेका थिए भने सञ्चालन सचिव हेमन्त पाण्डेले गरेका थिए ।

