adv

अमेरिकाको भर्जिनियामा नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन

नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन् । उक्त शहरमा चलिरहेको हर्नडन मेलामा ८० हजार देखि १ लाखसम्म अमेरिकनको सहभागिता हुने अवसरलाई प्रयोग गर्दै अवदेखि हरेक साल सो झाँकी गरिने जानकारी आयोजकहरुले दिएका छन् । यहॉका तीन वटा आयोजक स्थानीय संस्थाहरु आदर्श नेपाली समाज, एनआरएनए भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराज लुइटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप उत्तरी भर्जिनिया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गरिएको बताए ।

 

 

सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्त भएको थियो । सांसद कनल्लीले आफ्नो शुभकामना सन्देशमा भर्जिनिया जहिले पनि विविधतामा विश्वास गर्ने भएकोले नेपालीहरुको रयालीलाई स्वागत गर्दै नेपालमा भूकम्प गएको बेला यसै क्षेत्रको फेयरफ्याक्स काउन्टीबाट ठूलो स्वयंसेवक समूह बठाइएको स्मरण गराए । प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कुमार कार्कीले नेपाल चिनाउने यस प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवस्यक सहयोग गर्ने बताए । हर्नडन शहरकी उपमेयर जेनिफर बेकरले हर्नडनमा आफूले पहिलो पटक यसरी नेपालीहरुलाई भेट्ने मौका पाएको र नेपालको कला र संस्कृतिबाट धेरै नै प्रभावित भएकोले आफू नेपाल घुम्न जान आतुर रहेको बताइन् । शहर काउन्सिल मेम्बर बिल मकेनीले नेपाली समुदायका समस्या समाधान गर्न आफूले सस्तो सुकै प्रयास पनि गर्ने बताए । अतिथीहरुलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गरेर देखाएका थिए भने आदर्श नेपाली समाजका तर्फबाट प्रदीप ढकालले नेपाली र नेपालको झलक तथ्यपरक रुपमा प्रस्तुत गरेका थिए। त्यसपछि नेपाली समुदायले हजारौं अमेरिकनहरुको सहभागिता रहेको स्थानीय हर्नडन मेला चलिरहेको स्थान हुँदै नेपाली र अमेरिकन झण्डा र ब्यानरसहित नगर परिक्रमा गरेका थिए । सो झॉकी प्रदर्शनीमा नेपाली र अमेरिकी राष्ट्रिय गीतका साथै सगरमाथाको देश नेपाल, गौतम बुद्ध जन्मेको देश नेपाल जस्ता नाराहरु गुन्जाइएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु