adv

कतै तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ?

 

कतै तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन कसैले लुकेर त चलाइराखेको छैन ।

-यदि तपाईँलाई आफ्नो फेसबुक कसैले चलाइराखेको छ कि भन्ने डर छ भने त्यो डर हटाउनुहोस् । कहिलेकाहीँ कसैको मोबाइल वा ल्यापटपमा तपाईँले फेसबुक खोल्नुभएको थियो र लगआउट गर्न बिर्सनुभयो भने पनि तपाईँलाई समस्या पर्न सक्छ ।

-त्यसलाई हटाउने केही उपायहरु हामी तपाईँलाई बताउनेछौँ । तपाईँको मोबाइल, ल्यापटप वा ग्याजेटबाट बाहेक अन्य डिभाइसबाट तपाईँको फेसबुक कसैले खोलेको कसरी थाहा पाउने त ?

स्टेप १
आफ्नो फेसबुकको सेटिङ्समा जानुहोस्

स्टेप २
यहाँ तपाईँले Log out of all sessions अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् ।

स्टेप ३
यहाँ तपाईँले नयाँ पेज देख्नुहुनेछ । यहाँ तपाईँको फेसबुक खोलिएका डिभाइसको बारेमा जानकारी पाउनुहुनेछ । साथै तपाईँले कहाँबाट कति बेला तपाईँको फेसबुक खोलिएको हो भन्ने जानकारी पनि पाउनुहुनेछ ।

स्टेप ४
यहाँ Security and login लेखिएको हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

स्टेप ५
फेसबुकले फेरि लग आउट गर्न अनुरोध गर्नेछ । त्यसमा क्लिक गरेसँगै सबै डिभाइसबाट लगआउट हुनेछ ।

स्टेप ६
अब तपाईँ लग इन पेजमा गएर पासवर्ड र सेक्युरिटी अपडेट गरेर तपाईँको फेसबुक सुरक्षित गर्न सक्नुहुन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु