adv

जुँगाको मासिक तलब अढाई सय,२०५७ सालदेखी हरेक वर्ष जुँगाको मासिक तलब अढाई सय, हरेक वर्ष तलब वृद्धि

दाङमा बसोबास गर्ने एक व्यक्त्तिले जुँगा पाले बापत तलप पाउने गरेका छन । रुकुमको सिस्ने गाउँपालिका–६, रुकुमकोट घर भएका कालिबहादुर बुढाथोकीले जुँगा पालेर १२ वर्षदेखि मासिक तलब खाँदै आउनु भएको छ। अहिले उहाँ घोराही उपमहानगरपालिकामा बस्दै आउनु भएको छ ।
बुढाथोकी घोराहीमा रहेको वेस्टर्न डेललभमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत हुनुहुन्छ ।


जुद्ध एण्ड पूर्ण निर्माण सेवाका सञ्चालक पूर्ण भण्डारीले बुढाथोकीलाई मासिक दुई सय ५० रुपैयाँ तलब दिँदै आउनु भएको छ ।
भण्डारीले भन्नुभयो- “म पेशाले निर्माण व्यवसायी हुँ,कामको सिलसिलमा बैङकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो,नागबेली आकारको उनको काला जुँगा देखेपछि मैले खुशीले उहाँलाई पोत्साहन स्वरुप पैसा दिने निर्णय गरेको हुँ ।”
बुढाथोकीले २०६२ सालदेखि आफूले नियमित रुपमा जुँगा पालेबाफत रकम पाउदै आएको बताउनुभयो । उहाँले भन्नुभयो- “५० रुपैयाँबाट मलाई पैसा

← Back

Thank you for your response. ✨

दिन सुरु गर्नुभएको हो,अहिले दुई सय ५० रुपैयाँ मासिक तलब दिदै आ उनुभएको छ ।’
कालिबहादुर बुढाथोकी रिटायर नेपाली सेना हुनुहुन्छ । उहाँले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा पनि २०५७ सालतिर पनि मासिक एक सय रुपैयाँ जुँगाको तबल खाने गर्नुभएको थियो ।
निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म हरेक वर्ष थोरै भए पनि वृद्धि गर्दै जुँगाको लागि पैसा बुढाथोकीलाई दिरहने बताउनु भयो ।
भण्डारीले केही समय अगाडी मात्र पनि बुढाथोकीलाई बैङ्कमा भेटर ५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु