adv

असारमा देशभर लाइसेन्सको आवेदन बन्द

असार महिनाभर सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १ देखि कुनै पनि फारम नलिने भएको हो ।

विभागले काठमाडौं सहित सबै अञ्चलहरुमा कार्यालयहरुलाई असारका लागि अनलाइन फारम नलिन निर्देशन दिएको छ । अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिएका छन् ।

असारसम्म राजस्व हिसाव मिलान गर्नुपर्ने कारण देखाएर देखाइएको छ । सेवाग्राहीको संख्या धेरै भएकाले असार महिनाका लागि आवेदन भरेकाहरुको पनि परीक्षा रद्द गर्ने तयारी रहेको बताइएको छ । साउन १ गतेबाट फेरि नयाँ आवेदन खोल्ने विभागको योजना छ ।

अहिले अनलाइनमार्फत नै लाइसेन्सको आवेदन भर्ने व्यवस्था गरिएको छ ।

 विभागको परिपत्र हेर्नुस्:

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु