adv
adv

तीन स्टार अभिनेत्रीले एक-अर्कालाई चुम्बन गर्दै यसरी माया साटासाट गरे

लामो समयको अन्तराल पछि दशक अगाडिका तीन स्टार अभिनेत्रीको जमघट भएको छ । अभिनेत्री रेखा थापा, विपना थापा र करिश्मा मानन्धरको एक ग्यादरिङमा भेट भएको हो । जहाँ उनीहरुले वर्षौपछिको  पुराना यादहरु फेरि  ताजा गर्ने अवसर पाए ।

हुन त करिश्मा अघिल्लो पुस्ताकी अभिनेत्री हुँन् तर पनि रेखा र विपनालाई भने कारीश्मा सँग एकै कालखण्डका प्रतिस्पर्धी अभिनेत्रीको रुपमा हेरिन्छ । एकसमय यी तीन बिच कडा  प्रतिस्पर्धा हुने गरेको थियो । मितिनी,  वरमाला लगायतका फिल्ममा रेखा र विपनाले सँगै काम पनि गरे । रेखा थापाले त आफ्नो आधिकारिक फेसबुकमा ‘विथ माई टू सुपरस्टार’ भन्दै करिश्मा र विपनासँगको फोटो शेयर समेत गरेकी छिन् ।

उनले लेखेकी छिन् -‘विपना दी इन्डष्ट्री, अडियन्स मिसिङ यू । प्लिज कमब्याक इन इन्डष्ट्री । वि लभ यू ।’

यि तीन अभिनेत्रीको गाढा प्रेमलाई तश्बिरमा पनि देख्न सकिन्छ । उनीहरुले एकअर्काको गालामा मज्जाले चुम्बन गर्दै प्रेम साटासाट गरे । सम्भवतः पहिलो पटक करिश्मा, रेखा र विपना एउटै फ्रेममा देखिएका हुन् । रेखा र करिश्मा अझै  फिल्ममा सक्रिय भएपनि विपना थापा भने विवाहपछि फिल्मी इन्डष्ट्री बाट चटक्क हराएकी छिन्   ।

विपनाले अहिले छोराको स्कुल विदा भएका कारण नेपाल आएकी  बताउँछिन् ।  साथै उनी चाँडै फिल्ममा फर्कने सोचमा रहेको पनि बताएकी छिन्  । अहिले उनी  नेपाल बसाईको अवसरमा आफ्ना पुराना सहपाठीहरुसँग  भेटघाट गर्न मै व्यस्त छिन्  ।

यसरी एक कालखण्डका प्रतिस्पर्धी अभिनेत्रीहरु बिच यत्ती धेरै माया गाढा हुनु पक्कै इन्डष्ट्रीको लागि राम्रो कुरा नै हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु