adv

आदिवासी रंगशालाको नाममा नै बजेट बिनियोजन गर्न प्रतिष्ठानको माग

१ असार – आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान कमल गाउँपालिका –५, झापा नेपालले आज दमकमा अवस्थीत पाथीभरा होटलमा पत्रकार सम्मेलन गरी आदिवासी रंगशालाको नाम परिवर्तन गर्न कुनै पनि सर्तमा आफु मञ्जुर नहुने जनाएको छ ।

पत्रकार सम्मेलनको संम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष हुकुमसिङ राईले राज्यले मौलिक अधिकार हनन् गर्न नहुने बताएका छन् । उनले भने ‘‘आदिवासी समुदायले आदिवासी रंगशाला निर्माण गर्ने सहमतीमा आफ्ना पुर्खाहरुको ७ सय ४५ वटा चिहान हटाएर गरेको त्याग र भावनालाई राज्यपक्षले खेलवाड गर्न मिल्दैन । हामी अरु जे सर्तमा पनि सहमत हुन्छौं तर नाम परिवर्तन गर्ने कुरा हाम्रा लागि कुनैपनि सर्तमा स्विकार्य हुने छैन । आर्थिक वर्ष २०६७/०६८ देखि २०७१/०७२ सम्म राज्यले “आदिवासी रंगशाला” कै नाममा बजेट बिनियोजन गरिआएको थियो । तर, निहित राजनीतिक स्वार्थले आर्थिक वर्ष २०७२/०७३ देखि आदिवासी रंगशालाको नाम नै परिवर्तन गर्ने प्रयास भयो । यस आर्थिक वर्ष २०७५/०७६ को बजेटमा “आदिवासी रंगशाला” को नाममा कुनै बजेट नछुटिएको र रातो किताबमा “मदन भण्डारी राष्ट्रिय रंगशाला लखनपुर” को नाममा २ करोड बजेट छुटिएकोमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण रहेको बताउनुभयो । ’’


त्यस्तै प्रतिष्ठानका महासचिव दिपेनवाला राईले राज्यको संर्किण सोेच अझै पनि कायमै रहेकोमा गुनासो व्यक्त गरेका छन् । उनले भने ‘आदिवासी प्रति राज्य अझै उद्धार देखिएको छैन । राजनैतिक जगतका आर्दश नेता मदन भण्डारीको नाम आदिवासी रंगशाला सँग जोड्न दुवै पक्षका लागि घातक हुनेछ । तसर्थ आदिवासी रंगशालाकै नाममा बजेट विनियोजन गरी आदिवासी रंगशाला निर्माण सम्पन्न गरौँ’’

भनि एक बिज्ञप्ति जारी गर्नु भएको थियो l

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु