दमक, १ असार- संघीय समाजवादी फोरम नेपालको चौथो स्थापना दिवसको अवसरमा झापाका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु गरी मनाएका छन् । संघीय समाजवादी फोरम नेपाल दमक नगर समितिको आयोजनामा दमकको गणतन्त्र चौकमा द्विप प्रज्जवलन गरी स्थापना दिवस मनाएका छन् । उक्त द्विप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि समेत रहेको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय राजनितिक समिति सदस्य रहेका प्रविन चाम्लिङले भने “दुई बुँदे सम्झौता सहित संविधान संशोधन गर्ने सहमतिको आधारमा पार्टी सरकारमा गएको हो, अव भने पहिचानवादी पार्टीहरुको लागि बाटो खुलेको छ” भनि आफ्नो भनाई राख्नु भएको थियो ।
उक्त कार्यक्रम नगर सचिव हरि राईले सञ्चालन गर्नु भएको थियो ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव सुशिलकुमार राईका अनुसार झापा भरी विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।