adv
adv

विश्वकपमा इजिप्टलाई हराउदै उरुग्वेको विजयी सुरुवात

विश्वकप फुटबल २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह ‘ए’मा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई  १–० ले हराएको हो ।
उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गोल गरेका हुन् । उरुग्वेले थुप्रै पटक गोल गर्ने अवसर सिर्जना गरे पनि इजिप्टका रक्षक बाधक बनेका थिए ।खेलको ७३ औँ मिनेटमा स्टार खेलाडी लुइस स्वारेजले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने चोटका कारण आजको खेलमा बेञ्चमै बसेका थिए ।समूह ‘ए’मा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । रुसले बिहीबारको उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूहका विजेता र उपविजेता टोली अर्को चरणमा पुग्नेछन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु