adv

नेपाललाई दुईतर्फी एयर रुट दिन भारत सहमत

अब , नेपाललाई  भारतले  जनकपुर र विरानगर बाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । शनिबार नेपाल र भारतको बीचमा यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

अन्तर्राष्ट्रिय  उडानका लागि अब काठामडौं-विराटनगर  र  काठमाडौं-जनकपुर  हवाई रुटलाई  दुईतर्फी बनाइने भएको छ । नयाँ हवाई रुटसम्बन्धी नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीवार र शुक्रवार दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे वार्ता भएको थियो ।

अब नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हटाउने समझदारी दुई बिच भएको छ । अहिले भुटान र चीनबाहेकका मुमलुबाट आउने विमानले सिमाराकै रुट मात्रै प्रयोग भईरहेको ।

अन्तर्राष्ट्रिय उडान भर्ने विमानले अब भने जनकपुर विराटनगरबाट पनि प्रवेश विन्दु प्रयोग गर्न पाउनेछ न् ।

महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्म्ने गरी समहति भएको छ । विमानलाई काठमाडौं-महेन्द्रनगर-दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो ।

यसका लागि अब दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग सुरु गरिने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगर बाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति सेमत भएको श्रेष्ठले जानकारी दिए ।

यसैगरी एयर नेभिगशेन लगायतका प्राविधिक विषयमा पनि दुई पक्षले मिलेर काम गर्ने सहमति भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु