adv

धिमालहरुको जातिरी–सिरिजात कार्यक्रम तथा समापन समारोह सम्पन्न

२ असार– धिमालहरुको जातिरी–सिरिजात पर्व “मौलिक सम्पत्ति, हाम्रो सम्पत्ति” भन्ने मुल नारा सहित विभिन्न साँस्कृति कार्यक्रमहरु गरि मनाएका छन् । १ महिनासम्म चल्ने उक्त पर्व आजबाट समाप्त हुने कुराको जानकारी संस्थाका सदस्य रकी धिमाल ज्युले बताउनु भयो l  धिमाल विकास केन्द्रद्वारा आयोजना गरिएको उक्त कार्यक्रम संस्थाका महासचिव केदार धिमालज्यूले सञ्चालन गर्नु भएको थियो । धिमाल विकास केन्द्रका अध्यक्ष श्री तेजबहादुर धिमालको सभापतित्व तथा प्रदेश नं. १ का माननीय मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा भएको थियो साथै विशिष्ट अतिथिहरुमा माननीय संघीय सांसद घनश्याम खतिवडा, माननीय संघीय सांसद महेन्द्र कुमारी सुुब्बा, माननीय प्रदेश नं. १ का सांसद रामचन्द्र तुम्बा, माननीय प्रदेश नं. १ का सांसद कुसल लिम्बु र नेपाल आदिबासी जनजाति महासंघका निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर धिमालको उपस्थिति थियो भने अतिथिहरुमाः उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, संस्थाका पूर्व अध्यक्ष लोकबहादुर धिमाल, सेक्टर वन कार्यलय मंगरबारेका प्रुमुख तरणीप्रसाद चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका बारेमा बोल्नु हुँदै प्रमुख अतिथि प्रदेश नं. १ का माननीय मुख्य मन्त्री शेरधन राईले भन्नु भयो “प्रदेश नं. १ लाई भ्रष्टचार मुक्त प्रदेश बनाउने र भ्रष्टचार गर्नेहरुलाई कुनै पनि हालतमा माफि नहुने साथै दश विगाहामा रहेको धिमाल विकास केन्द्रलाई आगमी दिनमा धिमाल विकास केन्द्रको विकास र सम्बद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो”

कार्यक्रममा विशिष्ट अतिथि, अतिथिहरुद्वारा धिमालहरुको पहिचान, सँस्कृति र परम्परालाई जगेर्ना गर्ने हेतुले बार्षिक रुपमा मनाउँदै आएको जातिरी–सिरिजात तथा साँकृतिक कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।


धिमाल जाति विकास केन्द्रद्वारा माननीय मुख्य मन्त्री शेरधन राई ज्यूलाई सम्मान गर्दै मायाको चिनो संस्थाको तर्फबाट संस्थाका अध्यक्ष तेजबहादुर धिमालद्वारा हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा विभिन्न आकर्षणहरु रहेका थिए भने धिमाल जातिका मौलिक परिकारहरु पनि रहेको थियो । धिमाल युथ ग्रुपद्वारा शुद्ध पिउने पानिको व्यवस्था गरेको थियो ।


धिमाल भेषभुषामा सजिएर विभिन्न ठाउँका धिमाल समुदायदेखि धिमालहरुको बाक्लो उपस्थिति रहेको थियो ।


हजारौँ मानिसहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा धिमाल पोसाक लगाएर आएका कलाकारहरुद्वारा धिमाल गितमा नृत्य प्रस्तुत गरेको थियो l

औपचारिक कार्यक्रमको अन्त्यतिर धिमाल समुदायबाट प्रतिनिधित्व गर्दै देश तथा विदेशमा समेत वडि विल्डिङमा उपाधि हासिल गर्न सफल ललित धिमालद्वारा वडि विल्डिङ सो प्रस्तुत गरेर सबै दर्शकलाई आकर्शित गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु